
नयाँ विकल्प,
सप्तरी – सप्तरीमा आइतवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका वडा नम्बर ४ मा को २२ प १५५८ र को २२ प १५५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएको हो । दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । मृत्यु हुने सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ७ का शुभास बस्नेत र उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ भिमा टोलका शंकर चौधरी रहेका छन् ।
दुर्घटनामा बस्नेतको श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् । त्यस्तै चौधरीको मोटरसाइकलमा रहेका सप्तकोशी नगरपालिका वडा नम्बर ९ का रोहित चौधरी घाइते भएका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...