
काठमाडौं । चिसाेका कारण तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ । शीतलहर सुरु भएपछि पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै शैक्षिक संंस्था बन्द गर्ने जनाएको छ ।
विद्यार्थीहरुको चिसोका कारण स्वास्थ्यमा समस्या देखिने हुनाले यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाकारी दिएकाे हो ।
त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिकाले पनि जाडौ बच्न ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । यी वितरित सामाग्रीहरुले केही हदसम्म ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए। प्रति ज्येष्ठ नागरिकलाई करिब रु छ हजार बराबरको सामग्री वितरण गरिएको नगर प्रमुख सरावगीले बताए ।
यता महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको जनाएको हो ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...