नयाँ वर्ष सन् २०२२ को अन्त्यसम्ममा विश्वबाट कोरोना बाहिरिने सक्छ:डब्ल्युएचओ – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

नयाँ वर्ष सन् २०२२ को अन्त्यसम्ममा विश्वबाट कोरोना बाहिरिने सक्छ:डब्ल्युएचओ

नयाँ विकल्प,

काठमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्ल्युएचओ’ का महानिर्देशक टेड्रोस अधनोम गेब्रिसियसले सबै मानिसले स्वास्थ्य मापदण्ड अपनाए नयाँ वर्ष सन् २०२२ को अन्त्यसम्ममा विश्वबाट कोरोना भाइरस बाहिरिने बताएका छन् ।

उनले भनेका छन्, ‘कोरोनाको अन्त्य हुनु भनको असमानताको पनि अन्त्य हुनु हो । कोरोनासँगै विश्वबाटै असमानाताको अन्त्य गरौं ।’

महासचिव गेब्रिसियसले कोरोना भाइरसबाट विश्वको कुनै पनि व्यक्ति अछुतो नरहेको बताएका छन् । यसकारण जबसम्म विश्वमा कोरोना रहन्छ संसारका सबै व्यक्ति जोखिममा रहन्छन् । सिंगो विश्वलाई जोखिममुक्त बनाउने हो भने स्वास्थ्यका सबै मापदण्ड पालना गर्नु पर्ने उनले बताएका छन् ।

कोरोना महामारीका कारण संसारका कयौं व्यक्ति नियमित खोप र स्वास्थ्य उपचारबाट समेत बन्चित भएका छन् । जसले भविष्यमा दीर्घकालिन रोगको जोखिम समेत बढेको छ ।

विश्वलाई यो महामारीबाट बचाउन डब्ल्युएचओले ‘बायोहव’ बनाएको उनले बताए । यो ‘बायोहब’लाई विश्वका सबै देशले अनुसरण गर्ने उनको विश्वास छ ।

यसैबीच पछिल्लो समय विश्वमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिरहेको छ । यो कोभिड-१९ भन्दा धेरै नै संक्रामक रहेको वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले सहयोग गरेनन् : मन्त्री रावल
  • २०७८ पुष १९, २१: २५

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्वासीका समस्या समाधानमा सरकार गम्भीर...

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
  • २०७८ पुष १९, २१: २५

काठमाडौं : प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौं उपत्यकासहित मुलुकरभर खाना पकाउने...

ग्यास वितरण सहज बनाउन काठमाडौं महानगर प्रहरी सक्रिय, डिपोमा अनुगमन र सहजीकरण सुरु
ग्यास वितरण सहज बनाउन काठमाडौं महानगर प्रहरी सक्रिय, डिपोमा अनुगमन र सहजीकरण सुरु
  • २०७८ पुष १९, २१: २५

काठमाडौं | महानगर प्रहरी बलले बजारमा उपलब्ध एलपी ग्यासको निष्पक्ष र सहज वितरण सुनिश्चित गर्न अनुगमन तथा सहजीकरण अभियान सुरु...