
काठमाडौं । काठमाडौंको शिवपुरीस्थित भ्याली पब्लिक उच्च माध्यमिक विद्यालयको आयोजनामा बुधबारबाट प्रथम भ्याली पब्लिक अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ ।
बिद्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै पौष २१ गते बुधबारदेखि पौष २६ गते सम्म प्लट टु लेभलको अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो । प्रतियोगीतामा छात्रतर्फ ८ टिमले प्रतिष्पर्धा गर्ने बिद्यालयका अध्यक्ष मेजर लिल बहादुर गुरुङले जानकारी दिए ।
त्यस्तै प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुले सिल्ड, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितामा जेभियर इन्टरनेश्नल कलेज, टाइम्स कलेज, भ्याली पब्लिक ट्रिनीटी, साइपल लगाएतका उच्च माविहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता विद्यालयका बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेको संयोजनमा सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...
काठमाडौं । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १७...