
नयाँ विकल्प,
इलाम – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रूपान्तरण सुरु भएको बताएका छन् । बिहीवार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उनले कांग्रेसमा युवाको आगमन भएसँगै रूपान्तरण सुरु भएको बताएका हुन् ।
महामन्त्री शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरु असक्षम भएका नभइ लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताए । उनले यो आन्तरिक अभ्यास भएकाले हार र जित नभएको बताए ।
उनले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकाङ्क्षाको जित भएको बताउँदै निष्ठा, जिम्मेवारी, विनम्रता र संयमताका साथ काम गर्न सुझाव दिए ।
उनले आउँदो चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बाउन सक्ने तागतको रूपमा बदल्न नेतृत्व लागेको जिल्ला र पालिकाबाट कार्यकर्ताले यत्तिकै साथ दिनुपर्ने बताइन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...