‘रााष्ट्रिय एकीकरण दिवस’ को अवसरमा सार्वजनिक बिदा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

‘रााष्ट्रिय एकीकरण दिवस’ को अवसरमा सार्वजनिक बिदा

नयाँ विकल्प,

त्रिशूली – पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसका अवसरमा नुवाकोटको विदुर नगरपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिएको छ । यही पुस ९ गते बसेको दसौँ नगरसभा विदुर नगरपालिकाको निर्णयअनुसार पुस २७ गते सार्वजनिक बिदा दिएको नगरपालिकाले आज जारी गरेको सूचनामा भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले हस्ताक्षर गरेको सूचनाअनुसार पृथ्वीनारायण शाह जन्मेको दिन पुस २७ गतेलाई रााष्ट्रिय एकीकरण दिवसका रूपमा मनाइने भएकाले विदुर नगरपालिकासहित नगरभित्रका पालिकाअन्तर्गत रहेका वडा कार्यालयहरु, स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरू, शैक्षिक संस्थाहरूलाई सार्वजनिक बिदा दिइएको छ ।

पृथ्वी जयन्तीका अवसरमा नुवाकोटको साततले दरबार क्षेत्र, देवीघाटस्थित पृथ्वी स्मारक र पृथ्वीनारायण शाहको अन्तिम दाहसंस्कार गरिएको स्थल तादी र त्रिशूली नदीको सङ्गम जालपादेवी मन्दिर परिसरमा छुट्टाछुट्टै कार्यक्रमका साथ पृथ्वी जयन्ती मनाउन आवश्यक तयारी भइरहेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष २५, २०: ४६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष २५, २०: ४६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष २५, २०: ४६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...