
नयाँ विकल्प,
काठमाडौ । नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल सर्वसम्मत चयन भएका छन् । सोमबार सकिएको अधिवेशन अन्तर्गत पौडेलको अध्यक्षतामा ९० सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । उनी महाशिला गाउँपालिकाका अध्यक्ष हुन् ।
अध्यक्षमा पौडेल सहित कार्यवाहक अध्यक्ष भक्त कुँवर, फलेवासका मेयर पदमपाणी शर्मा, देवेन्द्रराज पाण्डे र जिल्ला उपसचिव गोविन्द पहाडीको दाबी थियो ।
मेयर शर्मा उपाध्यक्षमा चयन भएका छन् । शर्मा र अध्यक्ष चयन भएका पौडेल यसअघि माधव नेपाल समूहमा थिए । एमाले विभाजनको बेला उनीहरु नेपालको पक्षमा नलागी एमालेमै रहेका थिए ।
पार्टीको नयाँ सचिवमा गोविन्द पहाडी तथा उपसचिवमा शिव पौडेल र विमल लामिछाने चयन भएका छन् । अधिवेशनमा जिल्लाभरबाट ४ सय १६ प्रतिनिधिहरु उपस्थित थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...