विकास र राजनीति एक अर्काका परिपूरक भएको कांग्रेस वरिष्ठ नेता पौडेलको जिकीर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

विकास र राजनीति एक अर्काका परिपूरक भएको कांग्रेस वरिष्ठ नेता पौडेलको जिकीर

नयाँ विकल्प,

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताएका छन् ।

मंगलबार
ऋषिङ्ग गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा विकास र राजनीति एक अर्काका परिपूरक बताएका हुन् ।

विकासका क्षेत्रमा पछि परेका ऋषिङ्गमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै उनले हिजो आफूहरुले विकास निर्माणको सुरुवात गरेको र आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको बताए ।

नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको संवर्द्धनका लागि सरकारले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष २७, २०: ५१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष २७, २०: ५१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष २७, २०: ५१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...