सन्दीपले २ विकेट लिएको खेलमा हरिकेन्स सिड्नी थन्डरलाई हरायो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सन्दीपले २ विकेट लिएको खेलमा हरिकेन्स सिड्नी थन्डरलाई हरायो

नयाँ विकल्प,

काठमाडौं – अस्ट्रेलियाको टी–२० क्रिकेट लिग बिग बाशमा नेपालका बलर सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्सले सिड्नी थन्डरलाई नौ रनले हराएको छ । बिहीवार भएको खेलमा होबार्टले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको सिड्नी थन्डरले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाउँदा एक सय ६८ रनमात्र बनाउन सक्यो । सिड्नी थन्डरका लागि एलेक्स हेल्सले ३८, जेसन सङ्घाले ३१ र नाथन म्याकएन्ड्रियुले ३० रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

बलिङतर्फ होबार्टका लागि रिले मेर्डिथ र जोर्डन थोम्पसनले तीन–तीन विकेट लिए । यस्तै सन्दीपले चार ओभरमा २६ रन दिँदै दुई विकेट लिए । यसअघि मेलबर्नमा टस जितेर पहिले ब्याटिङ गरेको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७७ रन बनायो । बलिङतर्फ सिड्नी थन्डरका लागि गुरिन्दर सन्धुले दुई विकेट लिए ।

यो जितसँगै होबार्ट १२ खेलमा २४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उति नै खेल खेलेको सिड्नी थन्डर ३१ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष २९, २१: १६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष २९, २१: १६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष २९, २१: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...