चार महिनामै दिइने बुस्टर डोजले रोग प्रतिरोधी क्षमतामा असर पुर्याउने सक्ने युरोपेली स्वास्थ्य निकायको भनाइ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

चार महिनामै दिइने बुस्टर डोजले रोग प्रतिरोधी क्षमतामा असर पुर्याउने सक्ने युरोपेली स्वास्थ्य निकायको भनाइ

नयाँ विकल्प,

काठमाडौं – कोरोना भाइरसविरुद्धको खोप चार महिनामै बुस्टर डोजका रुपमा दिँदा रोग प्रतिरोधी क्षमतामा असर पार्न सक्ने युरोपेली स्वास्थ्य निकायले जनाएको छ ।

छोटो समयको अन्तरमा धेरै बुस्टर डोज दिँदा मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली सङ्घ अन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको हो ।

युरोपेली मेडिकल नियामक निकायले लामो समयको अन्तर पारेर मात्रै बुस्टर डोज दिन सम्बन्धित देशलाई अनुरोध गरेको समाचार संस्था एफपीमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशले बुस्टर डोज दिने तयारी गरेका छन् । बेलायत र इजरायलले दोस्रो पटक बुस्टर डोज दिने तयारी गरेका छन् ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष २९, २१: २१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष २९, २१: २१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष २९, २१: २१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...