नयाँ विकल्प,
काठमाडौं – नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिलवालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवद्र्धन गर्ने साझा जिम्मेवारी भएको बताएका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ तथा परिचयात्मक कार्यक्रममा उनले दुवै पक्षले एकअर्काका कार्य जिम्मेवारी र प्रकृति बुझेर पारम्परिक सद्भावका आधारमा अघि बढ्न सकिने उल्लेख गरे ।
निवर्तमान प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रवक्ताको जिम्मेवारीमा रहेपछि पत्रकारिताप्रतिको आम धारणा र आफ्नो बुझाइ गलत सावित भएको बताए ।
राजधानीबाट प्रकाशित एवं प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा नेपाली सेनाका बिटमा समाचार लेख्ने पत्रकारको कार्यक्रममा सहभागिता थियो । प्रवक्ता सिलवालले आजै आफ्नो जिम्मेवारी सम्हालेका हुन् । निवर्तमान प्रवक्ता पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भइसकेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...