
नयाँ विकल्प,
काठमाडौं – नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीले राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारको पक्षमा मतदान गर्न प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई आग्रह गरेको छ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल सहितको संयुक्त गठबन्धनको समर्थनमा कृष्ण प्रसाद पौडेल (चुनाव चिन्ह रुख)र गोमा तिमल्सिना (चुनाव चिन्ह कलम) ले साझा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका बागमती प्रदेश कमिटीले विज्ञप्तिमा गठबन्धनको समझदारी र नेकपा (माओवादी केन्द्र) को निर्णय अनुसार पार्टीका बागमती प्रदेशसभा सदस्यहरु एवं महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै प्रमुख/अध्यक्ष र उपाध्यक्षहरुलाई गठबन्धनका दुवै उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरिएको हो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...