
नयाँ विकल्प,
काठमाडौं – सप्तरीमा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार राति छिन्नमस्ता गाउँपालिका १ बाट तीन जना लागू औषध कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका ५ बस्ने २७ वर्षीय राजकुमार मेहता, सोही ठाउँका १९ वर्षीय सिन्धु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का २५ वर्षीय बैजु साह रहेका छन् । उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित डिएलेक्स डिसी सय एमएलको १ सय ९० बोतल, डिजेपाम २ एमएलको ९५ एम्पुल, फेनेरागन २ एमएल इन्जेक्सन ९५ एम्पुल, लेगेसिस २ एमएलको इन्जेक्सन ९५ एम्पुल पक्राउ हो । छिन्नमस्ता गाउँपालिका १ बरहीस्थित पूर्व पश्चिम कोसी कर्णाली पम्प नहरको बाटोमा चेक प्वाइन्ट खडा गरी चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२३प २७७३ नम्बरको मोटरसाइकल शंका लागि रोकेर सोधपुछ गरी चेकजाँच गर्ने क्रममा लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...