
नयाँ विकल्प,
काठमाडौं – लागु औषध (खैरो हेरोइन) सहित बुढानीलकण्ठ नगरपालिका १० स्थित कपनबाट प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा घर भई बुढानीलकण्ठ बस्दै आएकी २१ वर्षीया लक्ष्मी लामा र धनकुटा घर भएर बुढानीलकण्ठ बस्दै आएकी २९ वर्षीया रेनुका तामाङ छिन् ।
आरोपीहरुको साथबाट १० दशमलव ९३ ग्राम खैरो हेरोइन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । माघ १० मा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले निलोपुलबाट लक्ष्मी लामालाई पक्राउ गरेको थियो ।
लक्ष्मीको साथबाट २ दशमलव ८९ ग्राम खैरो हेरोइन बरामद गरिएको थियो । लक्ष्मी र रेनुका लागु औषध प्रयोगकर्ता पनि हुन् । उनीहरुमाथि अदालतबाट ५ दिनको म्याद लिएर महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...