
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनबारे सत्तारुढ गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताएका छन् ।
शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि महामन्त्री थापाले स्थानीय तहको निर्वाचनबारे स्थानीय तह निर्वाचन ऐनले गरेको व्यवस्था संशोधन गर्नु संविधानसम्मत नहुने बताए ।
‘स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरु गठबन्धनभित्र प्रवेश भएको छ र जुन जुन विकल्पहरुको बारेमा छलफल भयो भनेर सञ्चार माध्यमबाट बाहिर आएका छन् ।
स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने विषय संविधानसम्मत नभएकाले कांग्रेसले यसलाई बोक्न नहुने पनि महामन्त्री थापाले बताए । ‘यो संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनै पनि कारण छैन ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...