
नयाँ विकल्प,
काठमाडौं – निर्वाचन आयोगले आउँदो जेष्ठ ४ गते स्थानीयतहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्वाचनको मिति तोक्न सरकारलाई शिफारिस गरेको छ ।
मंगलबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासहितको पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय निर्वाचनको मिति तोक्न शिफारिश गरेको हो ।
२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीयतहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको पदावधि २०७९ जेठ ५ मा समाप्त हुने भएकोले सो अगावै स्थानीयतहको निर्वाचन गरिसक्नुपर्छ ।
स्थानीयतहको निर्वाचन व्यवस्थापनका लागिकानून बमोजिम आयोगलाई सामान्यतयाः १२० दिन निर्वाचन अवधि आवश्यक पर्छ ।
स्थानीयतहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदातानामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्नगर्न आवश्यकपूर्व तयारी निरन्तर गरिरहेकोले आयोगले जनाएको छ ।
आयोगका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले प्रस्तावित मितिमा एकै चरणमा स्थानीयतहको निर्वाचन गर्न आवश्यक प्रक्रिया पूरा गरी निर्वाचनको मिति तोकिने बताए ।
यस्तै, प्रधानमन्त्री देउवाले स्थानीयतहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न आवश्यक तयारीका कार्यहरु गर्न निर्वाचन आयोगलाई आग्रह गरे ।
उनले गृह मन्त्रालयलाई आवश्यक सुरक्षा वन्दोवस्त मिलाउन समेत निर्देशन दिएका थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...