चन्द्रागिरीबाट अवैध लागूऔषधसहित चार जना पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

चन्द्रागिरीबाट अवैध लागूऔषधसहित चार जना पक्राउ


नयाँ विकल्प,

काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङगाबाट नियन्त्रित लागूऔषध चार जनालाई प्रहरीले पक्राउ गरेको छ । डाईजापाम ३ सय ४० एम्पुल, फेनरागन ३ सय ४० एम्पुल र नुर्फिन ३ सय ४० एम्पुल सहित सप्तरी शम्भुनाथ नगरपालिका ७ बस्ने ४६ वर्षीय शिब चरण दासलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको धरानदेखि काठमाडौं आउँदै गरेको ना.७ ख ३२५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार दासलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका ६ मौरीफाटा बस्ने ३१ वर्षीय रमेश लुहारलाई करिब ३ सय ६० ग्राम अवैध लागूऔषध चरेश सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लुहारको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनको घरमा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।

रोल्पा, सुनिलस्मृति गाउँपालिका ६ रुईनिवाङस्थित झरना नास्ता पसलकी संचालक लुङ्ग्री गाउँपालिका(६ गुम्चाल घर भएकी ३० बर्षीया झलमली बुढाथोकीलाई करिब २ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र ६४ ग्राम चरेश सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पा र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनको पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका(५ पञ्चकन्या चोकबाट करिब २९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, नगद २ हजार रुपैयाँ र २ थान मोबाईलसहित सोही ठाउँ बस्ने २४ वर्षीय सुनिल लिम्बुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ माघ १९, २०: ३८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ माघ १९, २०: ३८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ माघ १९, २०: ३८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...