
नयाँ विकल्प,
काठमाडौं – प्रहरीले काठमाडौको भद्रकालीमा बुधबार बिहान चेकजाँच गर्ने क्रममा प्रहरीले २६ वर्षीय सोनाम तामाङलाई प्रहरीको युनिफर्मसहित पक्राउ गरेको हो । चेकजाँचका क्रममा तामाङले आफू प्रहरी सहायक निरीक्षक भएको बताएका थिए । प्रहरीले शङ्का लागेर खानतलासी गर्दा उनको साथबाट प्रहरी सहायक निरीक्षकको युनिफर्म र दर्ज्यानीसमेत ८ वटा पासपोर्ट साइजको फोटो फेला परेको थियो । भक्तपुर घर भएका तामाङलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...