
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचन आयोगले दिएको मितिमा चुनाव घोषणा गर्नु सरकारको दायित्व भएको बताए ।
मंगलबार निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सिफारिस गरेको थियो । तर सरकारले निर्वाचन आयोगले सिफारिस गरेको दिनमा स्थानीय तहको निर्वाचनको मिति तोक्न आनाकानी गरिरहेको ओलीले टिप्पणी गरे ।
अहिलेको सत्तारुढ गठबन्धनले सत्ता स्वार्थमा केन्द्रित भएर चुनावलाई संविधान र कानुन विपरीत आफुखुशी उपयोग गर्न खोजेको ओलीले आरोप लगाए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...