
नयाँ विकल्प,
काठमाडौं – दाङमा साढे ७ केजी लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रुकुम पूर्व भूमे गाउँपालिका–९ चुनवाङ घर स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१४ बसपार्कमा डेरा गरी बस्ने ५० वर्षीय दलबहादुर कामीको कोठाबाट सात केजी ७७९ ग्राम लागुऔषध चरेस बरामद गरिएको छ । उनीहरुलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दा आइतबार राति ११ बजे उक्त परिमाणको चरेस बरामद गरिएको हो ।
कामी र रुकुम पूर्व भूमे गाउँपालिका–९ घर भई हाल घोराही उपमहानगरपालिका–१८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरिएको हो । पुन लागुऔषधको कारोबार गर्ने व्यक्तिको आशङ्कामा फोन कल तथा सोधपुछका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...