
नयाँ विकल्प,
काठमाडौं – सरकारले अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि पुँजीगत खर्च गर्न सकेको छैन । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ६ महिनाको विवरणमा हालसम्म सरकारले ५ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको देखाइएको छ ।
२०७८ साउन देखि पुससम्म सरकारले चालु खर्च ४ खर्ब ६ अर्ब ४१ करोड रुपैयाँ, पुँजीगत खर्च ५० अर्ब ८१ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ४९ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको हो । चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा सरकारले ५ खर्ब ४२ अर्ब ५ करोड रुपैयाँ राजस्व परिचालन गरेको छ ।
राष्ट्र बैंकका अनुसार सो अवधिमा कर राजस्व ४ खर्ब ९३ अर्ब ९९ करोड रुपैयाँ र गैर–कर राजस्व ४८ अर्ब ६ करोड रुपैयाँ परिचालन गरिएको हो । पछिल्लो ६ महिनामा संघीय सरकारले ट्रेजरी विल मार्फत ६ अर्बको आन्तरिक ऋण परिचालन गरेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...