
काठमाडौं । ललितपुर महानगरपालिकाले बिभिन्न क्षेत्रलाई धुम्रपान निषेधित घोषणा गरेको छ । महानगरले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरवार स्वायर, पुल्चोक गा हिटी पार्क र जावलाखेल चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।
‘धुम्रपान नगरौ स्वास्थ रहौं’ भन्ने नाराका साथ महानगरले ती क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनले यसअघि नै ललितपुरका केहि क्षेत्रलाइ धुम्रपान निषेधित घोषणा गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण केहि ढिलाइ हुन गएको बताए ।

महानगरले निषेधित क्षेत्रमा धुम्रपान गरेमा सम्झाईबुझाई गर्ने र त्यसपटि भने कारवाही स्वरुप जरिवाना गर्ने जनाएको छ । धुम्रपान निषेधितमा निरन्तर ललितपुरका नगरप्रहरी परिचालित गरिने महानगरले जानकारी दिएको छ ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...
काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...