
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक विज्ञप्तिमार्फत उनले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
थापाले उक्त घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकारसँग प्रश्न उठाएका छन् । संवेदनशील परिस्थितिमा राज्यले अझ संयमित, सतर्क र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उनको भनाइ छ । परिस्थितिको समयमै मूल्यांकन गरी आवश्यक समन्वय र सुरक्षा सजगता अपनाउन नसक्दा यस्तो दुःखद अवस्था सिर्जना भएको उनले उल्लेख गरेका छन् ।
उनले घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । साथै, घाइतेहरूको उपचारमा ढिलाइ नगर्न र मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभापति थापाले प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम राख्न जिम्मेवार ढंगले अवस्था व्यवस्थापन गर्न आग्रह गरेका छन् । उनले यस कठिन घडीमा संयमता अपनाउन, अफवाह वा उत्तेजनामा नलाग्न तथा सामाजिक सद्भाव कायम राख्न स्थानीयवासी, नागरिक समाज, राजनीतिक दल र सरोकारवालालाई अपिल गरेका छन् ।

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...