सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता श्रेष्ठको उपचारका क्रममा आज ७९ वर्षको उमेरमा निधन भएको हो ।

‘नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैं प्रेरणादायी रहनेछ,’ सभापति थापाले भनेका छन्, ‘स्याङ्जाबाट सुरु भएका उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्‍याउनुभएको योगदान अविस्मरणीय छ ।’

यसैबीच कांग्रेसका निवर्तमान सभापति एवं पूवं प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देशमार्फत स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले निभाएको अग्रणी भूमिका सधै‍ं स्मरणीय रहने पूर्वप्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो
  • २०८३ श्रावण १२, १७: २३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ । भारतले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको...

उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
  • २०८३ श्रावण १२, १७: २३

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
  • २०८३ श्रावण १२, १७: २३

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन...