स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज आकस्मिकबाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि उक्त मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सो आग्रह गरेका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सक पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्वाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सबै अस्पतालहरूलाई मन्त्रालय अपिल गर्दछ ।”

सहप्रवक्ता अधिकारीले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा हो भन्दै नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नु तथा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु स्वास्थयकर्मीको अधिकार र सबै नागरिकको साझा दायित्व रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र दोषीलाई कानुनी दायरामा ल्याइने पनि बताइएको छ ।

गत शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरू र अस्पतालमा आक्रमण भएको भन्दै सुरक्षाको माग गर्दै संघले बन्दको आह्वान गरेको हो ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन
निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन
  • २०८३ श्रावण १२, ११: ४९

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदका लागि सिफारिस गरिएका तीनै जनाको नाम सर्वसम्मत रूपमा...

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ
कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ
  • २०८३ श्रावण १२, ११: ४९

काठमाडौं : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले पद तथा गोपनीयताको...

नेपालमा बाघको संख्या ४२९
नेपालमा बाघको संख्या ४२९
  • २०८३ श्रावण १२, ११: ४९

काठमाडौं : पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण...