निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदका लागि सिफारिस गरिएका तीनै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

बुधबार बसेको समितिको बैठकले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका गुरूप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गर्ने निर्णय गरेको हो ।

यसअघि संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा कार्की तथा निर्वाचन आयुक्त पदमा वाग्ले र सुब्बालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसअनुसार संसदीय सुनुवाइ समितिले उनीहरूको संसदीय सुनुवाइ सम्पन्न गरी अनुमोदन गरेको हो ।

समितिले मंगलबार वाग्ले र सुब्बाको संसदीय सुनुवाइ गरेको थियो भने प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्कीको सुनुवाइ बुधबार सम्पन्न भएको थियो । सुनुवाइपछि बसेको बैठकले तीनै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

अनुमोदित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले महान्यायाधिवक्ता कार्यालय र सर्वोच्च अदालतमा विभिन्न जिम्मेवारी सम्हालेका थिए । उनी सर्वोच्च अदालतको रजिस्ट्रारका रूपमा समेत कार्यरत रहिसकेका छन् ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै अब संवैधानिक व्यवस्थाअनुसार उनीहरूको नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ ।

सम्बन्धित समाचार

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ
कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ
  • २०८३ श्रावण १३, १५: ४८

काठमाडौं : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले पद तथा गोपनीयताको...

नेपालमा बाघको संख्या ४२९
नेपालमा बाघको संख्या ४२९
  • २०८३ श्रावण १३, १५: ४८

काठमाडौं : पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण...

राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
राजनीतिक दलहरूको संयुक्त अपिल- शान्ति र सद्‍भाव कायम राखाैं
  • २०८३ श्रावण १३, १५: ४८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम...