शीर्षक: गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

शीर्षक: गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने

काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बुधबार ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा पुगेका छन्।

श्रेष्ठको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो। यस क्रममा कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।

वरिष्ठ नेता श्रेष्ठको मंगलबार उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित हेलिस अस्पतालमा निधन भएको थियो। उनी नेपाली कांग्रेसका लामो समयदेखि सक्रिय नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वका रूपमा परिचित थिए।

श्रेष्ठको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक तथा सर्वसाधारणले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८३ श्रावण १३, ११: २०

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण १३, ११: २०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८३ श्रावण १३, ११: २०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...