
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले श्रेष्ठको शवमा फुलमाला राखेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा पार्टीले ३ दिन शोक मनाउने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिन शोक मनाउने निर्णय गरेको छ ।
नेता श्रेष्ठप्रति सम्मान प्रकट गर्दै कांग्रेसले शोक कार्यक्रमहरू सार्वजनिक गरेको छ । श्रावण १३, १४ र १५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने, श्रावण १४ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय भएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...
काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...