
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारको मौनताप्रति गम्भीर आपत्ति जनाएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसकी प्रमुख सचेतक बासना थापाले घटनापछि प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ दुवैजना चुप बसेको भन्दै प्रश्न उठाइन्।
थापाका अनुसार सुनसरीको कप्तानगन्ज क्षेत्रमा भएको घटनामा एक नेपाली युवाले ज्यान गुमाएका छन् भने दर्जनौं युवा घाइते भएका छन्। “एउटा परिवारले आफ्नो छोरा गुमाएको छ, एउटी आमाले आफ्नो कोख रित्याएकी छिन् र एक बाबुले आफ्नो सहारा गुमाएका छन्,” भन्दै उनले सरकारको मौनता प्रति असन्तुष्टि व्यक्त गरिन्।
उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा सरकारले अहिलेसम्म स्पष्ट धारणा सार्वजनिक नगरेको उल्लेख गर्दै यसले राज्यप्रति नागरिकको विश्वास कमजोर बनाएको बताइन्। अघिल्ला यस्तै घटनामा प्रधानमन्त्रीको तीव्र प्रतिक्रिया र गृहमन्त्रीको भावनात्मक अभिव्यक्तिसँग तुलना गर्दै उनले वर्तमान मौनतालाई प्रश्न गर्नुपर्ने अवस्था आएको धारणा राखिन्।
थापाले प्रधानमन्त्री बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर हुँदा भदौ २३ को घटनामा व्यक्त गरेको संवेदनशीलता पनि स्मरण गराइन्। “त्यतिबेलाको भावना र आज सत्तामा पुगेपछिको व्यवहार फरक किन देखिन्छ?” भन्ने प्रश्न उठाउँदै उनले वर्तमान नेतृत्वको संवेदनशीलतामाथि शंका व्यक्त गरिन्।
उनले सरकारसँग प्रत्यक्ष प्रश्न गर्दै भनिन्, “नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? एउटा युवाको मृत्यु हुँदा संवेदनशीलता किन हरायो? जनताको पीडाप्रति सरकार किन मौन छ?”
कांग्रेसले उक्त घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...
काठमाडौं : नेकपा (एमाले)की संसदीय दलकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा...