लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् ।

उनले समितिलाई आजै पीडितहरूसँग वार्ता सुरु गर्न निर्देशन दिइसकेका छन् । समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् ।

वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन् । समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ। सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ता सुरु गर्नेछ।

सम्बन्धित समाचार

कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
  • २०८३ श्रावण १४, १२: ०४

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...

संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  • २०८३ श्रावण १४, १२: ०४

काठमाडौं : नेकपा (एमाले)की संसदीय दलकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा...

संसद्‍मा कांग्रेसको प्रश्न- सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री किन मौन ?
संसद्‍मा कांग्रेसको प्रश्न- सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री किन मौन ?
  • २०८३ श्रावण १४, १२: ०४

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारको मौनताप्रति गम्भीर आपत्ति जनाएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा...