९ वटा विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

९ वटा विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं : सरकारले ९ वटा विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यी हुन् संसद्‍मा पेस गर्न स्वीकृत भएका विधेयकहरू 

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक

खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक

बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक

आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक

कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत
  • २०८३ श्रावण १३, १७: २८

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ...

देवानगन्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गर्ने कोशी सरकारको निर्णय
देवानगन्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गर्ने कोशी सरकारको निर्णय
  • २०८३ श्रावण १३, १७: २८

विराटनगर : कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्जमा भएको घटनाका मृतकका परिवारलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।...

निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन
निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र दुई आयुक्तको नाम सर्वसम्मत अनुमोदन
  • २०८३ श्रावण १३, १७: २८

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदका लागि सिफारिस गरिएका तीनै जनाको नाम सर्वसम्मत रूपमा...