
काठमाडौं : बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्यांकीभित्र काम गर्ने क्रममा निसास्सिएर ३ जना मजदुरको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेप्टिक ट्यांकीभित्र बुधबार बिहान दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सोही क्षेत्रका कालु थारु, प्रकाश थारु र बिर्जा थारु रहेका छन् । उनीहरू निर्माण कार्यका क्रममा सेप्टिक ट्यांकीभित्र प्रवेश गर्दा अक्सिजनको अभाव वा विषालु ग्यासका कारण निसास्सिएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक चक्र डम्मरपालको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।
उद्धारका क्रममा जेसीबी प्रयोग गरेर सेप्टिक ट्यांकीको संरचना भत्काइएपछि बिहान करिब १० बजे तीनै जनाको शव बाहिर निकालिएको प्रहरीले जनाएको छ ।
मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ । घटनाको वास्तविक कारण खुलाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
ललितपुर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको निरन्तरता र समसामयिक विषयहरूमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।...
काठमाडौं : सुनसरीलगायत तराईका विभिन्न क्षेत्रमा हालै देखिएको आपसी द्वन्द्व र तनावप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो चिन्ता व्यक्त गरेका छन्...
सिरहा : सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर...