
काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।
जयप्रकाश गोली लागेर गम्भीर घाइते भएका थिए । उनको पेटमा गोली लागेको थियो भने सोमबार शल्यक्रिया गरिए पनि स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
यसअघि सोही घटनामा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको पनि मृत्यु भएको थियो । उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएलगत्तै आइतबार राति १०:४० बजे मृत घोषणा गरिएको थियो । जयप्रकाशको मृत्यु भएसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
कप्तानगन्ज क्षेत्रमा दुई समूहबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए, जसमा आठ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै, झडपका क्रममा आठ जना प्रहरी पनि घाइते भएका छन् ।
हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको निरन्तरता र समसामयिक विषयहरूमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।...
काठमाडौं : सुनसरीलगायत तराईका विभिन्न क्षेत्रमा हालै देखिएको आपसी द्वन्द्व र तनावप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो चिन्ता व्यक्त गरेका छन्...
सिरहा : सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर...