बागमतीमा कांग्रेसकै नेतृत्वमा सरकारको निरन्तरता दिन मुख्यमन्त्री बानियाँलाई नै जिम्मेवारी – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

बागमतीमा कांग्रेसकै नेतृत्वमा सरकारको निरन्तरता दिन मुख्यमन्त्री बानियाँलाई नै जिम्मेवारी

ललितपुर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारको निरन्तरता र समसामयिक विषयहरूमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।

ललितपुरको जावलाखेलस्थित सुशासन केन्द्रमा बसेको बैठकले नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएपछि उत्पन्न परिस्थितिका बीच आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले बागमती प्रदेश सभामा रहेका सबै राजनीतिक दलहरूसँग आवश्यक समन्वय गरी समर्थन प्राप्त गर्ने पूर्ण जिम्मेवारी दलका नेता एवं बागमतीका प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सुम्पिएको छ । यस प्रक्रियामा केन्द्रीय नेतृत्वसँग समेत समन्वय गरी लिखित तथा मौखिक संवाद अगाडि बढाइने निर्णय भएको छ ।

बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । ७९ वर्षको उमेरमा ललितपुरको हेलिओस अस्पतालमा उपचारका क्रममा साउन १२ गते भएको उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै संसदीय दलले दिवंगत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

यसैगरी, कोशी प्रदेशको सुनसरी जिल्लास्थित देवानगञ्ज र कप्तानगञ्जमा भएको दुःखद घटना र त्यसपछि देशका विभिन्न भागमा उत्पन्न तनावपूर्ण स्थितिप्रति कांग्रेसले गम्भीर चासो व्यक्त गरेको छ । आपसी विवादका क्रममा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै दलले सबै पक्षलाई धैर्य र संयम अपनाउन तथा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ ।

संसदीय दलले समस्या समाधानका लागि संवादमा केन्द्रित हुन आग्रह गर्दै स्थिति थप बिग्रन नदिन र शान्ति सुरक्षा कायम गर्न बागमती प्रदेश सरकारलाई संघीय सरकारसँग समन्वय गरी आवश्यक कार्य गर्न अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
  • २०८३ श्रावण १४, १६: ४०

रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ श्रावण १४, १६: ४०

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
स्वदेश फर्किँदै देउवा, स्वागतका लागि कांग्रेस नेताहरू विमानस्थल पुग्ने
  • २०८३ श्रावण १४, १६: ४०

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । देउवा थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२...