नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण

काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ।

विभिन्न पेशा–व्यवसायसँग आबद्ध संस्थाहरूले समाज सेवामा योगदान दिँदै आएका छन्। सोही उद्देश्यका साथ लेखा प्रणालीलाई व्यवस्थित बनाउने र पेशागत विकासमा टेवा पुर्‍याउने लक्ष्यले स्थापना भएको अडानले दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

स्थापना दिवसको अवसरमा अडान काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा गोकेर्णेश्वर नगरपालिका–५, जोरपाटीस्थित बाल शिक्षा तथा संरक्षण केन्द्रका ११० जना विद्यार्थी, जोखिममा परेका व्यक्तिहरू, गलैंचा मजदुर, अति विपन्न वर्ग, अभिभावकविहीन बालबालिका तथा घरेलु श्रमिक बालबालिकाहरूलाई सहयोग प्रदान गरिएको हो।

कार्यक्रममा अडानले सहयोगस्वरूप रु. २५,१५५ बराबरको चेक संस्थाका महासचिवलाई हस्तान्तरण गरेको थियो। उक्त चेक अडानका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद भट्टराई र काठमाडौं जिल्ला अध्यक्षले संयुक्त रूपमा प्रदान गरेका हुन्।

कार्यक्रममा अडानका केन्द्रीय उपाध्यक्ष प्रेमबहादुर श्रेष्ठ, उपमहासचिव रामगोपाल श्रेष्ठ, उपत्यका प्रदेश उपाध्यक्ष हरेन्द्रराज घिमिरे, काठमाडौं जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, विद्यालयका शिक्षक–शिक्षिका र बालबालिकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अडिटर दानाप्रसाद अधिकारीका अनुसार कार्यक्रममा करिब १५ जना लेखापरीक्षकसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
  • २०८३ श्रावण १५, १८: ३४

रोल्पा : थवाङ गाउँपालिका-५ कोट बारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक...

पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
पत्रकार श्रेष्ठ पक्राउको सर्वत्र विरोध, काठमाडौं प्रहरी परिसर अगाडि महासंघको धर्ना
  • २०८३ श्रावण १५, १८: ३४

काठमाडौं : जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएकोप्रति सर्वत्र विरोध भएको छ । प्रहरीले पत्रकार...

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण १५, १८: ३४

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...