
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच आठबुँदे सहमति भएको छ ।
मृतकका परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठबुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले परिवारसँगको भेटपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने तथा शव बुझेर शनिबार नै दाहसंस्कार गरिने उल्लेख छ । दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि सहमतिमा समेटिएको गृहमन्त्री गुरुङले बताए ।
शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए । अनुसन्धानलाई सहज बनाउन शव त्यहाँ पठाइएको र भोलि हेलिकोप्टरमार्फत सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने उनले बताए ।
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम र बन्दसत्र सम्पन्न भएको छ। नेपाल उद्योग...
दोहा : कास्की आदर्श समाजको २४औं स्थापना दिवस सनैयास्थित नमस्ते एसिया रेस्टुरेन्टको सभाहलमा भव्य रुपमा सम्पन्न भएको छ। शनिबार सम्पन्न...
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ९ ले पार्टी संगठन सुदृढीकरण तथा जरा अभियानको समीक्षा बैठक सम्पन्न गरेको...