कास्की आदर्श समाज कतारको २४औं स्थापना दिवस दोहामा सम्पन्न – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

कास्की आदर्श समाज कतारको २४औं स्थापना दिवस दोहामा सम्पन्न


दोहा : कास्की आदर्श समाजको २४औं स्थापना दिवस सनैयास्थित नमस्ते एसिया रेस्टुरेन्टको सभाहलमा भव्य रुपमा सम्पन्न भएको छ।

शुक्रबार सम्पन्न भएको स्थापना दिवस संस्थाका अध्यक्ष अग्निधर देवकोटाको सभापतित्व तथा संरक्षक संयोजक विमल सुवेदीको प्रमुख आतिथ्यमा सम्मन्न भएको हो ।

उक्त आयोजित कार्यक्रममा संरक्षकहरू, संस्थापकहरू, प्रमुख सल्लाहकार, सल्लाहकारहरू, गण्डकी प्रदेश समन्वय परिषद्का कार्यवाहक अध्यक्ष, गण्डकी प्रदेशअन्तर्गतका विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, नेपालबाट सहभागी WE पोखराका उपाध्यक्ष, संस्थाका पूर्व पदाधिकारी, आजीवन, मानार्थ तथा साधारण सदस्यहरू, कलाकार, खेलाडी, स्वयंसेवक तथा कास्केली एवं गैर–कास्केली दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन भएको उक्त कार्यक्रममा संस्थाको २४औँ वार्षिकोत्सव अङ्कित केक काटेर कतारमा वसोवासमा गरिरहेका नेपालीहरु विच खुसियाली साटासाट गरिएको थियो। स्थापना दिवसको केक संस्थाका पूर्व अध्यक्ष तथा संरक्षक आशबहादुर गुरुङले प्रायोजन गरेका थिए ।

कार्यक्रमको सुरुवातमा संस्थाका प्रथम उपाध्यक्ष अमृत विश्वकर्माले स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि विमल सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले स्थापना कालदेखिनै प्रवासमा रहेका नेपालीहरूबीच एकता, आपसी सद्भाव, सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमार्फत पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरे ।

नेपालमा आइपर्ने विभिन्न विपद् तथा आकस्मिक परिस्थितिमा राहत स्वरूप संस्थाले निरन्तर मलमपट्टीको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले कास्कीको सामाजिक सद्भाव, सहिष्णुता, मेलमिलाप र आपसी भाइचारा जोगाइराख्न सम्पूर्ण कास्कीवासी एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि, इकाइका अध्यक्ष तथा प्रतिनिधि, संस्थाका प्रमुख सल्लाहकार, सल्लाहकार, संरक्षक, पूर्व अध्यक्षहरू राम प्रसाद गौतम, आसबहादुर गुरुङ, मन प्रसाद रानामगर, गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष तथा नेपालबाट कतार पुगेका WE पोखराका उपाध्यक्षलगायतले संस्थाको सामाजिक, सांस्कृतिक तथा सेवामूलक योगदानको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमलाई थप आकर्षक बनाउन कलाकारहरू नयन शर्मा, महेश तामाङ र रेजिना तामाङलगायतले सांगीतिक कार्यक्रमहरु प्रस्तुति गरेका थिए ।

उक्त अवसरमा सन्तोष भुजेल, नारायण आचार्य, सुवास रसाइली, गोविन्दबहादुर केसी , सुरज सुनारलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिएको थियो । उनीहरूलाई संस्थाले हार्दिक स्वागत गर्दै आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

कार्यक्रमको अन्त्यमा सभापति तथा संस्थाका अध्यक्ष अग्निधर देवकोटाले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, संघ–संस्थाका प्रतिनिधि, कलाकार, स्वयंसेवक, कार्यसमिति, सदस्य तथा उपस्थित महानुभावहरूप्रति आभार व्यक्त गरेका थिए । सबैको निरन्तर साथ र विश्वास नै संस्थाको प्रमुख शक्ति रहेको बताउँदै उनले आगामी दिनमा पनि यस्तै सहयोग रहने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रम संस्थाका सचिव केदार भण्डारीले सन्चालन गरेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै
  • २०८३ श्रावण १७, ०८: १०

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहीबार दिउँसो सवा १ बजे बैठक बस्ने तय छ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी...

यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना
  • २०८३ श्रावण १७, ०८: १०

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना बेपत्ता
  • २०८३ श्रावण १७, ०८: १०

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।...