चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना – Naya Bikalpa
August 1, 2026, Saturday      Epaper

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना


काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली भएको छ भने बाँकी भागमा साधारणतया बदली भएको छ । बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । हिमाली भेगका केही तथा पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ । साथै, तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति पनि देशभर साधारणतया बदली हुने पूर्वानुमान गरिएको छ । हिमाली र पहाडी भागका केही तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरोको जोखिम बढ्ने तथा दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत आंशिक असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
  • २०८३ श्रावण १६, ०७: ३७

काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...

नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
नेपाल अडिटर्स एसोसिएसनको २१औं स्थापना दिवसको अवसरमा राहत वितरण
  • २०८३ श्रावण १६, ०७: ३७

काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...

वीरगन्जमा आज पनि निषेधाज्ञा
वीरगन्जमा आज पनि निषेधाज्ञा
  • २०८३ श्रावण १६, ०७: ३७

वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला...