त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्ले पूर्णता पाएको छ। परिषद्का रिक्त सदस्य पदमा चार जना प्राध्यापक नियुक्त भएसँगै परिषद् पूर्ण बनेको हो।

त्रिविका प्रवक्ता नविन्द्रप्रसाद भण्डारीका अनुसार भूगोल केन्द्रीय विभागका प्रा.डा. कन्हैया सापकोटा, वनस्पति केन्द्रीय विभागका प्रमुख प्रा.डा. विजया पन्त, चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहनराज शर्मा तथा कानुन संकायका डिन प्रा.डा. डीएन पराजुली कार्यकारी परिषद् सदस्यमा नियुक्त भएका छन्।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ (संशोधन २०७७) अनुसार कार्यकारी परिषद्को अध्यक्ष उपकुलपति रहने व्यवस्था छ। परिषद्मा शिक्षाध्यक्ष, अध्ययन संस्थानका डिनमध्येबाट एक जना, संकायका डिनमध्येबाट एक जना तथा विश्वविद्यालयका शिक्षकमध्येबाट दुई जना सदस्य रहने कानुनी व्यवस्था रहेको छ।

ऐनअनुसार रजिस्ट्रार परिषद्को सदस्य–सचिव रहने प्रावधान छ भने कार्यकारी परिषद्का सदस्यहरूको नियुक्ति त्रिवि सभाबाट अनुमोदन गरिने व्यवस्था गरिएको छ। नियुक्त सदस्यहरूको कार्यकाल दुई वर्ष रहनेछ।

सम्बन्धित समाचार

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
  • २०८३ श्रावण १५, १५: ५८

काठमाडौं : स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरिएको छ । भण्डारीलाई प्रहरीको केन्द्रीय...

मधेशको सुरक्षा अवस्थाबारे कांग्रेस आन्तरिक परामर्शमा, सभापति थापाले लिए प्रदेश नेतृत्वसँग जानकारी
मधेशको सुरक्षा अवस्थाबारे कांग्रेस आन्तरिक परामर्शमा, सभापति थापाले लिए प्रदेश नेतृत्वसँग जानकारी
  • २०८३ श्रावण १५, १५: ५८

काठमाडौं : मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको...

धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
  • २०८३ श्रावण १५, १५: ५८

काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...