
काठमाडौं : मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको प्रभावबारे आन्तरिक छलफल गरेको छ ।
पार्टीका सभापति गगन थापाको नेतृत्वमा सम्पन्न छलफलमा काठमाडौँमा रहेका पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य प्रत्यक्ष रूपमा सहभागी भएका थिए भने कोशी र मधेश प्रदेशका प्रदेश तहका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला कार्यसमिति र पालिका नेतृत्वले भर्चुअल माध्यमबाट सहभागिता जनाएको जनाइएको छ ।
बैठकमा मधेश प्रदेशको पछिल्लो शान्ति-सुरक्षाको अवस्था, हिंसात्मक गतिविधिका कारण सिर्जित परिस्थितिले स्थानीय जनजीवनमा पारेको असर तथा शान्ति र सुरक्षा प्रभावकारी रूपमा कायम राख्न अपनाउनुपर्ने उपायका विषयमा विचार आदानप्रदान भएको बताइएको छ ।
छलफलका क्रममा प्रदेश तथा स्थानीय तहका नेतृत्वबाट स्थलगत अवस्थाबारे जानकारी लिइएको र समसामयिक परिस्थितिको मुल्यांकनसँगै आवश्यक समन्वय र पहलका विषयमा समेत विमर्श भएको कांग्रेसले जनाएको छ ।
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...
काठमाडौं : नेपाल अडिटर्स एसोसिएसन (अडान) ले आफ्नो २१औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण कार्यक्रम सम्पन्न गरेको...