बागमती प्रदेशमा सुरक्षा अवस्थाबारे समीक्षा गर्दै बागमती प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न – Naya Bikalpa
July 31, 2026, Friday      Epaper

बागमती प्रदेशमा सुरक्षा अवस्थाबारे समीक्षा गर्दै बागमती प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न

हेटौंडा : सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश सुरक्षा समितिको भर्चुअल बैठक सम्पन्न भएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको समुपस्थितिमा बसेको भर्चुअल बैठकमा सुनसरी घट्ना र त्यसबाट कोसी र मधेश प्रदेशमा फैलिएको हिंसा र समग्र बागमती प्रदेशको सुरक्षा अवस्था बारेमा छलफल भएको थियो ।

छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सुनसरी घट्ना र त्यसपछि उत्पन्न परिस्थिति अन्य प्रदेशमा समेत फैलन लागेकाले यस्ता हिंसा र घटना हुन नदिनका साथै सबै सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावलाई कायम गर्न प्रभावकारी रुपमा कार्य गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री बानियाँले आफू बागमती प्रदेश सरकार प्रमुख र कांग्रेस बागमती प्रदेशको सभापति समेत भएकाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायमका लागि आवश्यकताअनुसार प्रदेशस्थित राजनीतिक दलका प्रमुख र धार्मिक संघसंगठनका प्रमुखहरुसंग निरन्तर संवादमा रहेको जानकारी दिएका थिए ।

भर्चुअल बैठकमा बागमती प्रदेशस्थित सुरक्षा संयन्त्रका प्रमुखहरुले बागमती प्रदेशमा सुरक्षा अवस्था र भावी रणनीति बारेमा आआफ्नो संस्थाको कार्यप्रगति बारे जानकारी गराएका थिए ।

बैठकमा आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री शिवराज अधिकारी, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश सचिव कृष्णबहादुर शाही, नेपाली सेना मध्यपृतना बागमती प्रदेश प्रमुख, डिआईजी कार्यालय हेटौंडा प्रमुख, सशस्त्र प्रहरी बल बागमती प्रदेश प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग बागमती प्रदेश प्रमुखको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

मधेशको सुरक्षा अवस्थाबारे कांग्रेस आन्तरिक परामर्शमा, सभापति थापाले लिए प्रदेश नेतृत्वसँग जानकारी
मधेशको सुरक्षा अवस्थाबारे कांग्रेस आन्तरिक परामर्शमा, सभापति थापाले लिए प्रदेश नेतृत्वसँग जानकारी
  • २०८३ श्रावण १५, १२: १९

काठमाडौं : मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको...

धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल
  • २०८३ श्रावण १५, १२: १९

काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...

ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
ब्रड पिकमा भीषण हिमपहिरो : निर्मल ‘निम्स’ पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन
  • २०८३ श्रावण १५, १२: १९

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...