धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औं साधारणसभा सम्पन्न – Naya Bikalpa
August 2, 2026, Sunday      Epaper

धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औं साधारणसभा सम्पन्न


धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम र बन्दसत्र सम्पन्न भएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले धनकुटामा आयोजित एक समारोहबीच साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। निजी क्षेत्रसँगको सहकार्यबाट मुलुक चाँडै समृद्धितर्फ अघि बढ्ने बताउँदै उनले उद्योगी, व्यापारी तथा व्यवसायीका धेरै समस्या रहेकाले तिनको समाधानका लागि सबै व्यवसायी एकजुट हुनुपर्ने बताए।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले धनकुटाको विकास र समृद्धिको आधार उद्योग, व्यापार र व्यवसाय रहेको बताए। यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जीवन पराजुलीले शुभकामना मन्तव्य व्यक्त गरे।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्र शर्मा, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, नेकपा (एमाले) का सहसचिव नैन विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाका सचिव आशिष तामाङ, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सहइन्चार्ज कविता राई, श्रम संस्कृति पार्टी धनकुटाका अध्यक्ष आकाशलगायत विभिन्न राजनीतिक दलका नेता तथा जिल्ला समन्वय समिति धनकुटाका पूर्व प्रमुख टंक चौहानको उपस्थिति रहेको थियो।

धनकुटा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षहरू लालचन्द्र गङ्गा तामाङ र उमेश घिमिरे, सुन्दर दुलहारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्की, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवासलगायतले शुभकामना व्यक्त गरेका थिए।

त्यसै अवसरमा धनकुटा उद्योग वाणिज्य सङ्घले पूर्वअध्यक्ष लालचन्द्र गङ्गा तामाङ र उमेश घिमिरे, नेपाल नेत्र ज्योति सङ्घ धनकुटाका अध्यक्ष तथा युवा व्यवसायी रोशेस श्रेष्ठ, वरिष्ठ समाजसेवी तथा व्यवसायी पूर्व डिआइजी दिने अमात्य, वरिष्ठ समाजसेवी तथा व्यवसायी रामनारायण प्रसाद रामा, समाजसेवी तथा व्यवसायी डा. खगेन्द्र कटवाल, सफल युवा व्यवसायी भविषेक कर्माचार्य तथा महिला व्यवसायी मनु लिम्बूलाई दोसल्ला, टोपी ओढाएर सम्मानपत्रसहित सम्मान गरेको थियो।

सम्मानित व्यक्तित्वहरूलाई नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोष राई तथा वरिष्ठ उपाध्यक्ष मनकुमारी तीतुङले सम्मान गरेका थिए।

धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोष राईको अध्यक्षतामा सम्पन्न उद्घाटन तथा बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष मनकुमारी तीतुङले स्वागत मन्तव्यसहित भावी कार्यक्रम प्रस्तुत गरे। कार्यवाहक महासचिव राम रायमाझीले सांगठनिक तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। उक्त साधारणसभा तथा अधिवेशनमा कोशी प्रदेशका विभिन्न जिल्लाका ११ वटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

उद्घाटनपछि भएको बन्दसत्रले वरिष्ठ उपाध्यक्ष मनकुमारी तीतुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ तथा कार्यवाहक महासचिव राम रायमाझीले प्रस्तुत गर्नुभएको क्रमशः भावी कार्यक्रम, आर्थिक प्रतिवेदन र शाखाको प्रगति प्रतिवेदन सुझावसहित पारित गरेको छ।

धनकुटा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि गठित निर्वाचन समितिले केही दिनभित्रै निर्वाचन तालिका प्रकाशित गरी निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ।

निर्वाचन गराउनका लागि पुराना व्यवसायी तथा समाजसेवी विकास प्रधानको नेतृत्वमा चार सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। उक्त समितिलाई निर्वाचन सम्पन्न गराउने जिम्मेवारी धनकुटा उद्योग वाणिज्य सङ्घले दिएको छ।

सम्बन्धित समाचार

कास्की आदर्श समाज कतारको २४औं स्थापना दिवस दोहामा सम्पन्न
कास्की आदर्श समाज कतारको २४औं स्थापना दिवस दोहामा सम्पन्न
  • २०८३ श्रावण १७, ०८: १७

दोहा : कास्की आदर्श समाजको २४औं स्थापना दिवस सनैयास्थित नमस्ते एसिया रेस्टुरेन्टको सभाहलमा भव्य रुपमा सम्पन्न भएको छ। शनिबार सम्पन्न...

कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता
कांग्रेस क्षेत्र नं. ९ को जरा अभियान समीक्षा बैठकमा उल्लेखनीय सहभागिता
  • २०८३ श्रावण १७, ०८: १७

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. ९ ले पार्टी संगठन सुदृढीकरण तथा जरा अभियानको समीक्षा बैठक सम्पन्न गरेको...

करदातालाई आकर्षित गर्न उपहार योजना, रु. १०० माथिको बिल दर्ता गर्न आग्रह
करदातालाई आकर्षित गर्न उपहार योजना, रु. १०० माथिको बिल दर्ता गर्न आग्रह
  • २०८३ श्रावण १७, ०८: १७

काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आफ्नो सक्कल भ्याट वा प्यान बिल दर्ता गर्न आग्रह...