
काठमाडौं : सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार बिहान सिंहदरबारमा सर्वदलीय बैठक सकिएको छ ।
रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको उक्त बैठकले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र संयम अपनाउन सबै राजनीतिक दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सबै राजनीतिक दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको जानकारी दिए ।
सुनसरीलगायतका क्षेत्रमा भड्किएको अशान्ति सामान्य बनाउन र शान्ति कायम गर्न सबै दल मिलेर संयुक्त अपिल जारी गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी दलले संवेदनशील विषयमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीको अनुपस्थितिले थप अन्योल सिर्जना गरेको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन्।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सर्वदलीय बैठकमा सुनसरी लगायतका क्षेत्रमा देखिएको तनावको अवस्थालाई सामान्य बनाउने विषयमा गहन छलफल भएको बताए ।
भीड नियन्त्रण गर्न र शान्ति-सुरक्षा कायम राख्न सरकार किन निरन्तर असफल भइरहेको छ भन्ने विषयमा बैठकमा सहभागी दलका नेताहरूले गम्भीर चासो व्यक्त गरेको उनले जानकारी दिए।
यसअघि बैठकमा बोल्दै नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संकटको घडीमा प्रधानमन्त्रीको निष्क्रियता र सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका थिए।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...
काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...