सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

सभामुख अर्याल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार मध्याह्न भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको थियो ।

भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै देशमा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए।

साथै, पाँचथरसहित देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन संसद् र सरकार दुवैले गम्भीरतापूर्वक पहल गर्नुपर्ने विषय पनि उनले उठाएका थिए ।

त्यसैगरी, नारायणी अस्पतालका चिकित्सकमाथि भएको दुर्व्यवहारपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएको घटनाप्रति पनि आङ्देम्बेले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य सेवा नियमित सञ्चालन हुने वातावरण बनाउन आवश्यक पहल गर्न उनले समाभुखसमक्ष आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस विधान संशोधन : केन्द्रीय विभागको संख्या खुला, सदस्य संख्या घटाइयो
कांग्रेस विधान संशोधन : केन्द्रीय विभागको संख्या खुला, सदस्य संख्या घटाइयो
  • २०८३ श्रावण १२, १३: ०४

काठमाडौं : नेपाली कांग्रेस ले विशेष महाधिवेशनमार्फत संशोधन गरेको विधानमा केन्द्रीय विभागसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । संशोधित व्यवस्थाअनुसार अब...

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • २०८३ श्रावण १२, १३: ०४

काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...

चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती
चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती
  • २०८३ श्रावण १२, १३: ०४

काठमाडौं : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा...