लिग-२ मा नेपालको खराब प्रदर्शन – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

लिग-२ मा नेपालको खराब प्रदर्शन


काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

नेदरल्यान्ड्सको उट्रेच्टमा सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनको झिनो अन्तरले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सफल भयो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए भने रोहित पौडेलले ४१ रन बनाए । त्यस्तै, आरिफ शेखले अविजित ३८ रन तथा कुशल भुर्तेलले ३४ रन बनाए ।

अन्तिम ओभरसम्म पुगेको खेलमा गुल्शन झाले १० बलमा अविजित १९ रन बनाए पनि नेपाललाई जित दिलाउन पर्याप्त भएन । नामिबियाका ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पेलम्यानले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको योगफल बनाएको थियो ।

नामिबियाका जान फ्रिलिङ्कले १४९ बलमा १०० रनको शतकीय इनिङ्स खेले भने लाउरेन स्टिनक्याम्पले ५९ रनको योगदान दिए । नेपालका करण केसी उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए ।

जारी सिरिजमा यो नेपालको लगातार तेस्रो हार हो ।

सम्बन्धित समाचार

विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
  • २०८३ श्रावण १२, ०७: ४४

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...

नारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पतालमा सेवा प्रभावित
नारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पतालमा सेवा प्रभावित
  • २०८३ श्रावण १२, ०७: ४४

काठमाडौं। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानुनबमोजिम कारबाही...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण १२, ०७: ४४

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर...