काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बमोजिम गठन गर्नुपर्ने विभिन्न आठवटा आयोग गठनको तयारी गरेका छन् । उनले सातवटा बर्गिय आयोग र एउटा प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्न लागेका हुन् । यसको लागि उनले शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएका थिए ।
तर, नेपाली कांग्रेसका सभपाति तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको शुक्रबार बोलाइएको बैठक स्थगित भएको थियो । संवैधानिक आयोगका पदाधिकारीहरू नियुक्तिका लागि सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदको बैठक देउवा उपस्थित नभएपछि स्थगित गरिएको हो । बैठकमा परिषद्का सदस्यहरूबीच विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका विषयमा भने सामान्य छलफल भएको थियो ।
कांग्रेस सभापति समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता देउवा पार्टी कामको शिलशिलामा पोखरा पुगेका थिए । सरकारले संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न लागेको हो ।
संविधानको धारा २५२ देखि २६५ सम्म विभिन्न आयोग गठन, आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार ती आयोगहरूको अध्यक्ष तथा सदस्यहरू संवैधानिक परिषदले नियुक्तिका लागि सिफारिस गरी राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले नियुक्त गर्ने आयोगका पदाधिकारीहरूको पदावधी ६ वर्षको हुनेछ ।
काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि...
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...