कांग्रेसद्धारा क्रियाशील सदस्यता वितरण खुला – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कांग्रेसद्धारा क्रियाशील सदस्यता वितरण खुला


नयाँ विकल्प,

काठमाडौं- नेपाली कांग्रेसको मंगलबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले क्रियाशील सदस्यता वितरण खुला गरेको छ । विगतका वर्षहरुमा क्रियाशील सदस्यता वितरण विवादित बन्दै आएको थियो भने यसपटक महाधिवेशन सकिएको चार महिना नबित्दै कांग्रेसले क्रियाशील सदस्यता वितरण खुला गरेको हो । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार केन्द्रीय कार्यसमिति बैठकले आसन्न निर्वाचन समेतलाई लक्षित गर्दै सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय गरेको हो । महतले विधानको धारा ४ बमोजिम देशव्यापीरुपमा पार्टीको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय भएको बताएका छन् ।महाधिवेशनको मुखमा मात्रै सदस्यता वितरण र नवीकरण गर्ने पूरानो अभ्यासलाई तोड्ने प्रयासस्वरुप विधानको व्यवस्थाबमोजिम सदस्यता खुला गर्ने निर्णय भएको महतको भनाई छ । अहिले विधानले समेत सदस्यतासम्बन्धी प्रष्ट व्यवस्था गरेकाले समयमै खला गरिएको उनले बताए । कांग्रेस विधानको धारा ४ ले कांग्रेसका दुई खाले सदस्य हुने व्यवस्था अनुसार साधारण सदस्य र क्रियाशील सदस्यको व्यवस्था गरिएको छ । १८ वर्ष उमेर भएका, कांग्रेसको आदर्श, उद्देश्य र विधानमा आस्था भएको व्यक्तिलाई साधारण सदस्यता दिने व्यवस्था छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ चैत्र १६, २१: ३४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ चैत्र १६, २१: ३४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ चैत्र १६, २१: ३४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...