
नयाँ विकल्प,
काठमाडौं – नेपाल र भारतको एलओसी समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा भरत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरुको प्रगती समिक्षा बारे छलफल भएको छ । बैठकमा अर्थ मन्त्रालय अन्र्तराष्ट्रिय आर्थिक सहकार्य समन्वय महाशाखाका सह सविच ईश्री प्रसाद अर्याल र भारतिय विदेश मन्त्रालयका सह सचिव विकास साझेदारी प्रशासन श्रीधरण मधुसूध र भारतिय दूतावस र एक्जिम बैकका अधिकारीहरुले छलफल गरेको थिए । यस्तै, एक्जिम बैंकले एक्जिम बैंकका अधिकारीहरुले कार्यशाला गोष्ठीमा नेपालले भारतीय ऋण सहयोगलाई कसरी अझ व्यवस्थित बताउने विषयमा सुझाव समेत दिएका थिए । एलओसी समीक्षा बैठकको अघिल्लो दिन मोदी लेखनाथ विद्युत प्रसारण लाइनको तथा सवस्टेसन परियोजना अन्र्तगत निर्माण भएका सवस्टेसनहरुको कास्की जिल्लाको लह चोकमा उद्धघाटन गरिएको थियो ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...