
नयाँ विकल्प,
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्नातक तहको एकीकृत (एमबीबीएस) प्रवेश परीक्षा केन्द्रमा निरीक्षण गरेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा सञ्चालित दुई परीक्षा केन्द्रमा मन्त्री पौडेलले निरीक्षण गरेका हुन् ।
मन्त्री पौडेलले नेपाल आर्मीको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षण गरेका हुन् । स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजभोलि र पर्सी गरेर तीन दिनेछन् । स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षाहरू सहभागी हुनेछन् । शुक्रबार पहिलो दिन १९ हजार ५०८ जना परीक्षामा सहभागी भएका छन् ।
त्यसका लागि काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा मात्र परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका लागि उपत्यकामा १११ परीक्षा केन्द्र तोकिएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...
काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य...