कांग्रेसका उम्मेदवारहरुले स्थानीय तहमा आवश्यकता हेरेर घोषणापत्र बनाउन नेता कोइरालाको जोड – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कांग्रेसका उम्मेदवारहरुले स्थानीय तहमा आवश्यकता हेरेर घोषणापत्र बनाउन नेता कोइरालाको जोड

नयाँ विकल्प ,

दमौली- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई जनता झुक्याउने र अनावश्यक भन्दा स्थानीय आवस्यकतालाई ध्यानमा राखेर घोषणापत्र बनाउन सुझाव दिएका छन् । उनले जनताको आवश्यकतालाई एकातीर छाडेर डाँडाँ डाँडाँमा भ्युटावर बनाउने जस्ता विषय घोषणपत्रमा राख्न नहुने कोइरालाको भनाई छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै डा.कोइरालाले नेपालमा विकासका नाममा अनावश्यक खर्च गरिएको र त्यसले जनताको दैनिकीमा कुनै परिवर्तन नल्याएको बताएका छन् ।उनले देशका विभिन्न ठाउँमा भ्यू टावर बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिए । कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यू टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने पनि उनले बताए । नेता कोइरालाले चुनाव आउँदैछ, भ्यू टावर बनाउँदा लाग्ने खर्च अस्पताल, विद्यालयमा लगानी गर्छौं भनेर प्रतिबद्धता गरेर गएको खण्डमा मात्रै नेपाली कांग्रेसका लागि फाइदा हुने बताए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ चैत्र २०, २२: २१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ चैत्र २०, २२: २१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ चैत्र २०, २२: २१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...